६६ करोडको आइपीओ खुल्दै । कस्तो ‌छ कम्पनी? कति कित्ता भर्ने ? हेर्नुहोस् सम्पुर्ण जानकारी - NEPAL STOCK UPDATE ~ NEPSE UPDATE

Latest

Nepal Stock Exchange Update ~All Information about Nepse | Nepse Data Analysis | NepalStockUpdate

BANNER 728X90

Thursday, March 4, 2021

६६ करोडको आइपीओ खुल्दै । कस्तो ‌छ कम्पनी? कति कित्ता भर्ने ? हेर्नुहोस् सम्पुर्ण जानकारी

एन एम बि क्यापिटलको बिक्री प्रवर्दन तथा आईपियो निष्काशनमा शुक्रबारबाट ज्वोती लाईफ ईन्सुरेन्स कम्पनी लिमिटेडको आईपियो निष्काशन हुन भएको छ । कम्पनीले चुक्ता पुजीको ३०% अर्थात ६६ करोड रुपैयाँ बराबरको ६६ लाख कित्ता सेयरको सर्वसाधारणमा आईपीओ जारी गर्न लागेको हो । अधिकृत पुजी ३ अर्ब रहेको यस कम्पनीको आईपियो‌ निस्कासन पश्चात चुक्ता पुजी २.२ अर्ब पुग्नेछ । 

कम्पनीले निष्काशन गर्न लागेको ६६ लाख कित्ता आईपियो मध्य ५/५ प्रतिशत सेयर कम्पनीका‌ कर्मचारी तथा सामुहिक लगानी कोषको लागी छुट्टाईएको छ भने बाकी ५९ करोड चालिस लाख बराबरको ५९ लाख ४० हजार कित्ता सेयर सर्वसाधारणको लागी फागुन २३ गतेबाट‌ खुल्ला गरिने आह्वान पत्रमा उल्लेख गरिए पनि मेरो सेयरमा आईपियोको चापलाई मध्यनजर गर्दै सिडिएससीले २ दिन अगावै २१ गते सुक्रवारबाट आबेदन खुल्ला गर्ने भएको‌ हो । एन एम बि क्यापिटलका अनुसार केयर रेटिङ्ग नेपालले यस इन्स्योरेन्स कम्पनीलाई CARE NP BBB(Is) रेटिङ्ग प्रदान गरेको छ। यसले समयमानै वित्तीय दायित्व पुरा गर्न सक्षम रहेको मध्यमस्थरमा सुरक्षित रहेको जनाउदछ । आईपियोमा लगानीकर्ताले सि आस्वा सदस्य बैक तथा बित्तिए सस्था मार्फत बैङ्क तथा बित्तिय सस्थामा गएर या मेरो सेयर मार्फत घरमै बसिबसी पनि अबेदन दिन सकिने ब्यवस्था रहेको छ । 

कती कित्ताको लागी दिने त आवेदन?

२०७६/७७ को अपरिष्कृत विवरण अनुसार कम्पनीको प्रति सेयर नेटवोर्थ १३२.९४ तथा प्रति सेयर आम्दानी १२ रुपयाँ रहेकोले कम्पनीको‌ बित्तिय अवस्था राम्रो रहेको तथा पछिल्लो आईपीयो निस्कासनमा आबेदकको चापको मध्यनजर गर्दै पन्ध्र/सोह्र लाख आबेदकले यस आईपीयोमा आबेदन दिन सक्ने र प्राप्त आवेदन मध्यबाट मात्र ५ लाख ९४ हजार आवेदकलाई १० कित्ताका दरले गोलाप्रथा मार्फत सेयर प्रदान गरिने हुँदा यस ज्वोती लाईफ ईन्सुरेन्सको सेयरमा १० कित्ताको दरले रु १००० को सेयर आबेदन गर्नु बुद्दिमानी हुन्छ । आईपियो निष्काशन छिटोमा फागुन २८ तथा सो मितीसम्म पुरा बिक्री नभएमा ढिलोमा चैत ८ गतेसम्म खुल्ला रहनेछ ।





No comments:

Post a Comment

Palpa Cement IPO Closes at 6.29x Subscription with Over 25 Lakh Applicants

The Initial Public Offering (IPO) of Palpa Cement Industries Limited (PCIL) has officially closed on February 27, 2026, witnessing an overwh...